धरान / धरानका मेयर तिलक राईले धरान खानेपानी आयोजनाको स्थलगत अध्ययन तथा अवलोकन गरेका छन् ।

बुधबार बिहान मेयर राईसहितको टोलीले धरान १३ स्थित रहेको सर्दुजलाधार क्षेत्र, फुस्रेमा रहेको खानेपानी वितरण केन्द्र र चारकोसे झाडीमा रहेको कलेक्सन चेम्बर तथा पानी उत्पादन गर्ने वेलको स्थलगत अवलोकन गरेका हुन् । मेयर राईले जनताको गुनासोहरुलाई मनन् गर्दै सबै संरचनाको सुक्ष्मरुपमा अध्ययन गरेर काम अघि बढाउने बताए । अवलोकनको क्रममा मेयर राईले एकीकृत एकिकृत आयोजना, कार्यन्वयन इकाई(आइयुडिपी) प्रमुख राजु पोख्रेललाई आयोजनाको सर्दुजलाधर क्षेत्रलाई सफा राख्न निर्देशन दिए । साथै सर्दु जलाधार क्षेत्रमा पार्क बनाउन, सुरक्षाकर्मी राख्न व्यवस्थापन पनि गरिने पनि उनले बताए ।

आयोजना प्रमुख पोख्रेलले मेयर राईलाई आयोजनाको बारेमा सम्पूर्ण जानकारी दिदै खानेपानी आयोजनामा टेक्निकल इन्जिनियर कर्मचारीको मात्र अभाव नभएर अन्य कर्मचारीको पनि समायोजनमा अभाव भएको बताए । प्रमुख पोखरेलले कर्मचारीको अभाव हुँदा पनि काम गर्न समस्या भएको बताए । गएको सोमबार मेयर राईलाई खानेपानी आयोजनाका विषयमा गम्भिर हुन ध्यानाकर्षण गराउँदै विभिन्न ८ वटा संस्थाहरुले ज्ञापनपत्र समेत बुझाएको थियो ।

 

तपाईको प्रतिक्रिया