गत सोमबार सुनसरी जिल्ला अदालतमा प्रहरीले चौथो पटक म्याद थप गर्न ल्याइएका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई ७ दिनेको म्याद थप गरीयो तब अदालत परिसर भित्र रहेका अधिवक्ताहरु बिच मुद्धाको बिषयमा ‘तर्कबाजी’ गर्दा हात हालाहालको स्थिति सम्म बन्यो ।

अदालत परिसर भित्रै रहेको सुनसरी बार एसोशिएशनको भवनमा रहेका अधिवक्ताहरु बिच गिरीमाथि लागेको अभियोगमा ‘अब अदालतले के गर्छ’ भन्ने बिषयमा तर्कबाजी भइरहेको थियो ।

त्यसक्रममा अधिवक्तादोय अशोक मेहेता र नोदराज आर्चाय बिच एक्कासी हात हालाहाल भयो । अदालत परिसर भित्र रहेका सेवाग्राहीहरु समेत दुबैको विवाद हेर्नको लागि भिडनै लाग्यो ।

नभन्दै दुबैजना बारको भवन परिसरको भुईमै लड्न थाले । अन्य अधिवक्ताहरु दुबैलाई छुट्यान थाले । तर झगडा साम्य हुन नसकेपछि अदालत सुरक्षामा रहेका प्रहरी बारको कार्यालय पसेर दुबैलाई छुट्याउनु परेको थियो ।

त्यस क्रममा मेहेताको सर्ट फाट्नुको साथै आर्चायको कुममा चोट लागेको थियो । दुबैजनाको झगडा अदालत परिसर भित्र रहेका सेवाग्राहीले मोबाइलमा भिडियो कैद गरिरहेका थिए ।

के थियो त झगडाको कारण

कृष्णदासलाई अदालतले ७ दिनको म्याद थपेपछि लगतै एम्बुलेन्समा हालेर बिराटनगर फर्काइयो । त्यसपछि गिरीको मुद्धाको बिषयमा चासो राख्ने अधिवक्ताहरु बिच बारको कार्यालयमा बसेर र्तकबाजी हुन थाल्यो ।

त्यसक्रममा मेहेता र आर्चाय बिच गिरीको अबको मुद्धा ‘सहमती करणी वा जवरजस्ती कारणी’ ठहर हुने बिषयमा तर्क गर्न थाले । मेहेताले यो मुद्धा अब सहमती करणीको निस्कर्षमा पुग्ने बताए । तर उनको तर्कलाई आर्चायले प्रतिरोध गदै गिरीको मुद्धा अब जबरजस्ती करणीमै ठहर हुने बताए ।

दुवैबिच मुद्धाको बिषयले उग्र रुप लिन थाल्यो । त्यतिकैमा मेहेताले आर्चायलाई अपमान गर्दै ‘तिमिले कतिवटा मुद्धा जितेका छौ र ठुला कुरा गछौ’ भने । त्यति भन्न साथ आर्चायले सिधै मेहेताको सर्टको कलरमा पकडेपछि दुबैबिच हात हालाहालको स्थिति बनेको प्रत्यक्षदर्शी एक अधिवक्ताले बताए ।
त्यसपछि दुबैजना हात हालाहालको स्थितिमा उत्रिए । अपशब्द बोल्दै एक अर्कालाई कुटपिट गर्न थाले । छुट्याउन खोज्दा समेत दुबैजना फेरी हात हालाहाल गरेका थिए ।

पछि एक असई आएर दुबैलाई छुट्याएको ति अधिवक्ताको भनाई छ । घटनाको बिषयमा सुनसरी बार एसोशिएशनका सचिव रमेश दाहालले सामान्य विवाद भएको प्रतिकृया दिए । पछि बारका अन्य पदाधिकारीको उपस्थितिमा दुबैलाई मेलमिलाप गराइएको उनले बताए ।

तपाईको प्रतिक्रिया