३ पुष ट्रकको ठक्करबाट एक स्कूले बालिकाको ज्यान गएपछि दाङमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरबोट सडकखण्ड अवरुद्ध भएको छ । स्कूले विद्यार्थीको निधनपछि आ न्दोलिन विद्यार्थीले सडकखण्ड अवरुद्ध गरेका हुन् । कपुरबोट सडकखण्डमा रहेको गोदामघर नजिक बिहीबार बिहान ट्रकले ठ क्कर दिँदा स्कुल जाँदै गरेकी १३ वर्षीय विजिता केसीको निधन भएको हो । तुलसीपुरस्थित तुलसी आवासीय मावि कक्षा ८ मा अध्ययनरत बालिकालाई ठ क्कर दिएपछि विद्यार्थी सडकमा निस्किएका छन् ।

रा १ प १४३५ नम्बर ट्याक्टरको ठ क्कले दिँदा विजिताको निधन भयो भने उनीसंगै  १४ वर्षीया मनिषा वली घाइते छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइते मनिषा पनि विजितासंगै कक्षा ८ की छात्रा हुन्। तीव्र गतिमा आएको ट्रकले स्कुल जाँदै गरेकी विजितालाई ठ क्कर दिँदा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी हरिहरनाथ योगीले जानकारी दिए।

ट्या क्टरको ठ क्करले गम्भिर घाइते भएकी विजितालाई उपचारका लागि तुलसीपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ट्रक र चालककलाई निय न्त्रणमा लिएर घटना को अनुसन्धान भइरहेको जनाएको छ । ट्रक र चालककलाई निय न्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया