मोरङ /मोरङको बुढीगङ्गा गाउँपालिकाकाको टंकिसिन्वारी चोकमा वुढिगंगाको सम्पुर्ण युवाहरुको संयुक्त प्रयासमा सोमबार विहान ७ बजे कपडा बैंक सुरु गरिएको छ ।

अत्याधिक जाडो र सितलहर दिन प्रतिदिन बढ्द ैगइरहेको हुदाँ चिसो कै कारण मानिस को मृत्यु सम्म भएको हुँदा वुढिगंगाको युवाहरुले यो अभियान शुरु गरिएको हो । सम्पुण बुढीगङ्गा बासीले आफु सगँ भएका लगाउन हुने नयाँ तथा पुरानो कपडाहरु बैंक मा जम्मा गरी आर्थिक अभावको कारण जाडोमा कपडा किन्न नसक्नेहरुलाई कपडा वितरण गरिएको छ । वुढिगंगाको युवाहरुले यस्ता थुप्रै समाजसेवी कार्यहरु गर्दै आईरहेका स्थानिय नेकपा का युवा नेता कपिल सुनवारले बताएका छन ।

तपाईको प्रतिक्रिया