काठमाडौं । शनिवार राती १२ बजे बिप्लव नेतृत्वको समूहले अपहरण गरेका दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही ३३ घण्टा पछि अपहरणमुक्त हुनुभएको छ ।

उहाँलाई कालिकोट बाट खटिएको सशत्र प्रहरी र नेपाल प्रहरीको सयुक्त सुरक्षाबलले कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा न : १ को छाती भन्ने स्थानबाट अपहरणमुक्त गरेको हो ।

कालिकोट जिल्ला शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले अपहरणमुक्त भएको पुष्टी गर्नुभएको छ । उहाँले आतईतवार बिहाना शुभकालिका गाउँपालिका वडा १ मा छातीमा रहेको एक स्थानीयको घरमा खाना खाएको सुराकीको आधारमा नेपाल प्रहरी र सशत्रप्रहरी बलले सुरक्षा घेरा हालेर नियन्त्रणमा लिन खोजेपछि हवाई फाएर भए लगत्तै बिप्लव नेतृत्वको नेकपा माओबादी भागेपछि उहाँलाई अपहरणमुक्त भएको जानकारी दिनुभयो । दैलेख जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले उहाँलाई अपहरण मुक्त गरेर प्रहरीको सुरक्षामा राखीसकेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष संगै जानुभएकी गाउँपालिकाका अध्यक्षकी धर्मपत्नी इला मल्ल शाही कालिकोट जिल्ला र दैलेख जिल्लाको सिमानामा पर्ने भर्ते भन्ने जंगलमा बिहाना ९।०० बजे स्थानीयले फेला पारेका थिए । ठाटिकाँध गाउँपालिका वडा २ का वडा अध्यक्ष रुपलाल बिश्वकर्माका अनुसार अपहरण भएको भन्ने खवर पाए पछि स्थानीय र जनप्रतिनिधी सबै मिलेर खोज्दै जाँदा जंगलमा उहाँको धर्मपत्नी भेटिएपछि अरु टोली खोन्दै कालिकोट तर्फ गएको बताउनुभयो ।

हिउँमा हिडेको पाइलाको आधारमा खोज्दै गएको स्थानीय टोली र सशत्रप्रहरी बलको टोलीले बिशेष सूचना पाएपछि कालिकोटको शुभकालिका गाउँपालिका गएको र कालिकोटबाट आएको नेपाल प्रहरी र सशत्र प्रहरीबलको टोलीले सकुशल उहाँलाई अपहरणमुक्त गराएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले अध्यक्ष ज्युको उद्धारका लागि ३ जिल्लाबाट सुरक्षा टोली खटिए पछि उद्धार कार्य सफल भएको बताउनुभयो । गोरखापत्रबाट ।

तपाईको प्रतिक्रिया