रामेछापकाे उमाकुण्ड गाँउपालिका-४ बस्ने ४५ बर्षीय ललि बहादुर खुलाल मृत अवस्थामा फेला परेका छन् । मंसीर १८ गते आफ्नै घरबाट बेपत्ता भएका खुलाल ओखलढुङगाको लिखुखोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन ।

आफन्तले खोन्ने क्रममा साेमबार बिहान ८ बजे उनलाई ओखलढुङगा खिजिदेम्बा भित्ताखर्क स्थित लिखुखोलाको किनारमा मृत अवस्थामा फेला पारेकाे ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जानकारी दिएकाे छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया