इटहरी / परिवारको भविश्य सम्झदै विदेशमा पसिना बगाएका सुनसरी रामधुनीका मधुरलाल चौधरीको सपना अहिले चकानाचुर भएको छ । बैदेशिक रोजगारमा तीन वर्ष अघि विदेशिएका चौधरीको सपना मात्र चकानाचुर भएन लामो समय सम्म खाडी मुलुकमा कमाएको पैसा पनि लिएर हिडे पछि चौधरी विरत्तीएका छन ।

विदेश बस्दा कमाएको पैसा महिने पिच्छे श्रीमतीलाई पठाउँदै आएका चौधरी स्वदेश फर्किदा नत घरमा कुनै सम्पति भेटें न त श्रीमती नै पाए । दुःखको जीवन काटेर नेपाल आउँदा सम्म उहाँको कमाई मात्र होईन श्रीमती पनि भेटेनन् ।

बैदेशिक रोजगारमा जानु अघि श्रीमतीको सुखशैल र चार छोराछोरीको लालनपालन गर्ने उद्धेश्यका साथ आफ्नो मातृभूमीलाई माया मारी वा छाडेर जानु भएका चौधरी बुधवार आँसु लिएर फर्किए । देश फर्केर परिवारसँग खुशी साटौला भन्ने इच्छा चौधरीको पुरा हुन सकेनन् । खुशीका साथ घर पुगेका उनी नत घरमा श्रीमती भेटें नत आफुले दुःख गरेर कमाएको पैसा ।

श्रीमती अर्कैसंग भागेपछि आँखाको आँसु बाहेक आफुसँग केही बाँकी नरहेको चौधरीले गुनासो गरे । चौधरीले तीन छोरी र एक छोरा जन्मेपछि घरमा खान लगाउन र छोरा छोरीको लालन पालनमा कठिनाई भएपछि श्रीमतीको सहमतिमा बैदेशिक रोजगारमा साउदी अरब गएको र त्यहाँबाट कमाएर पठाएको रकम ७ लाख रुपियाँ, झुम्कामा रहेको ५ धुर जग्गा, अर्को ठाउँमा रहेको १५ धुर जग्गाको समेत कुनै लेखाजोखा नराखी श्रीमती अर्केसँग भागी सम्र्पक बिहिन भएको बताए ।

श्रीमतीकै नाममा बिश्वास गरी दिएको दुई टुक्रा जग्गा र उसैको नाममा पठाएको रकमको कुनै हरहिसाब नराखी छोराछोरीको बिचल्ली पारी निष्ठुरीले आफुलाई छाडी भागेको दुखेसो पोख्दै उनलाई खोजी गरीदिन भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहीबार हुलिया जारी दिएका छन् ।

चौधरीले आफुलाई उठिबास बनाएको र छोरीहरुलाई अन्तै राखेर छोरा सहित भागेकाले खोजी गरीदिन आग्रह गर्नुभएको छ । चौधरीले आफु जुन, जोस जागरका साथ बिदेश गएको थिए, त्यो सार्थक नभएको र पैसाले मात्र नहुदो रहेछ भन्ने कुरा अस्ति बिमानस्थलमा ओर्लेर थाहा भएको सुनाए ।

तपाईको प्रतिक्रिया