सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दाहाल माथि लागेको आरोपको सुन्दरहरैचा नगरपालिकाले खेद प्रकट गरेको छ । आइतबार एक अनलाइन पोर्टलमा नेकपाको गोप्य बैठक कार्यकारी क्वाटरमा, मेयर ढकाललाई असफल बनाउने रणनिती भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारको सोमबार बसेको कार्यपालिका बैठकबाट नगर प्रमुख शिव प्रशाद ढाकालको हस्तारक्षित पत्र सहित एक विज्ञप्ती निकाल्दै आपती जनाएको छ । नगर प्र्मुख ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ :- बिकास र समृद्धिका हिसाबले एक भई शहर उन्मुख नगरको रुपमा तिव्र गतिमा बिकास भईरहेको नगरपालिका हो सुन्दरहरैचा । निर्वाचनबाट दलगत रुपमा जो जसरी आएपनी प्रतिनिधिको रुपमा आएपछी सामान्य छिटपुट नगर निर्माण तथा नगरको समृद्धिको बिषयमा कुनै पनि राजनैतीक आग्रह पुर्वाग्रह विना सिगो सुन्दरहरैचा लागेको छ । जनप्रतिनिधी, कर्मचारी, राजनैतीक दल, संघसस्थाहरु र आम नगरवासिको सयुक्त पहल र कृयाशिलताले नै यती चाडै यस नगरपालिकाको बिकास र विस्तार सम्भव भएको हो ।

सोमबार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाहाललाई यस घटना बारे बुझ्दा उनले एकाग्रह ढंगबाट आएको यस समाचार सत्य नभएको बताए । उनले म यस नगरमा आए देखी नगरको बिकासका लागी आफु कुनै पनि राजनीतिक दल सग सहमती गर्न नगएको पनि बताए । उनले नगर प्रमुख र म बिचमा द्वन्द उत्पन्न गराई  राजनीतिक फाईदा पुरा गर्नको लागि समाचार निकालिएको हुन सक्ने समेत आरोप लगाए ।

यस्तो छ नगरपालिकाद्वारा निकालिएको प्रेस विज्ञप्ती :-

तपाईको प्रतिक्रिया