खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ को वडा कार्यलयमा वडा सदस्यले ताला लगाएका छन् ।

बाकाचोल स्थित रहेको वडामा वडाध्यक्ष सन्तबीर तामाङले आफ्नो अनूकुल मात्र काम गरेर भूमीका विहिन पारिएको भन्दै वडा सदस्य जयकुमार तामाङले सोमबार ताला लगाएका हुन् ।

वडाध्यक्षले सुरुका वर्षदेखि नै वडाका सदस्यसँग परामर्श नै नगरी एकलौटी योजना छनौट गर्ने गरेको, उपभोक्ता समिति आफुखुसी गठन गर्ने गरेकाले विज्ञाप्ती निकालेर कार्यालयमा ताला लगाउनु परेको वडसदस्य जयकुमारले बताए ।

वडाध्यक्ष सन्तबीरले थाहै नदिइ उपभोक्ता समिति गठन गरेर गाउँपालिकामा योजना सम्झौता गर्ने गरेको भन्दै सदस्य जयकुमारले जनप्रतिनिधि जनताबाट अनुमोदित भएकाले सहमतीमा काम गर्नु पर्ने बताए ।

जिम्मेवारी माग्ने नाममा वडाकार्यालयमा ताला लगाइएको वडाध्यक्ष सन्तबीरले बताए । विधि अपनाएरै उपभोक्ता समिति गठन गरि वडाबाट छानिएकै योजनालाई गाउँसभाबाट पास गरिएको वडाध्यक्ष सन्तबीरले जानकारी दिए ।

कर्मचारीले कार्यालय बन्द गर्न लाग्दा ताल्चा लगाइएको हुँदा साँझमा खुलाइएको वडाध्यक्ष तामाङले बताए ।
बाकाचोलका वडाध्यक्ष सन्तबीर र वडा कार्यालयमा ताला लगाउने जयकुमार नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रिया