एक महिला जेल अधिकारीको आफ्नो जेलमा रहेका खतरनाक कैदीसँग प्रेम भयो । उनले ती कैदीसँग भिडियो र फोन कलमा कुरा गर्न थालिन् ।

यतिमात्र होइन उनीहरु जेलमा ती कैदीको सेलमै अन्तरंग हुन थाले । महिला जेल अधिकारीले ती कैदीलाई चुम्बन गरेको तस्वीर समेत बाहिरियो । अहिले ती महिला जेल अधिकारीलाई अदालतले १२ महिनाको जेल सजाय सुनाएको छ ।

२७ वर्षकी आयशा गुन नामकी ती महिला जेल अधिकारी र खुर्राम रजाक नामका कैदीबीच ५ महिनाभन्दा कम समयमा १२०० भन्दा धेरै फोन कुराकानी साथमा थुप्रै भिडियो कल समेत भएको पाइएको छ ।

ती कैदी बेलायतको रेक्सह्यामको बर्विन जेलमा थिए र ती महिला पनि त्यही जेलमा कार्यरत रहेका बेला यो घटना भएको थियो । अदालतमा सुनुवाइको क्रममा ती महिला जेल अधिकारीको फोनमा भेटिएका ती दुईले किस गरेको र अंकमाल गरेको फोटो समेत देखाइएको थियो ।

ती कैदी रजाकले हतियारसहित लुटपाट गरेको अभियोगमा दोषी ठहर भइ १२ वर्षको जेल सजाय काटिरहेका छन् ।

बर्विन हालै बनेको जेल हो जहाँ २ कैदीका लागि एउटा सेल बनाइएको छ । यी सेलमा कैदीले ल्यापटप, ल्याण्डलाइन फोनसहित शौचालय र बाथरुमको सुविधा पाउँछन् । तर यी दुईले एक अकाृलाई यौनिक भिडियो पठाउनको लागि मोवाइल फोनसमेत प्रयोग गर्ने गरेका थिए ।

उनहिरुले आफ्ना गतिविधिहरु इन्टरनेटमा लाइभ प्रसारण समेत गर्थे । अश्लिल कुराकानीकै क्रममा रज्जाकले गुनलाई भनेका थिए ‘म अर्को हप्तासम्म पर्खिन सक्दिन ।

तपाईको प्रतिक्रिया