धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका-७ का ५२ बर्षीय लाकबर लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ ।

आज बिहान ८ बजे खानेपानीको पाईप मर्मतको लागि पैरेपाटा भिरमा गएकोमा सोही भिरबाट लडेर लिम्बु घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया