मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिकामा  प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालको आज ९ महिनाको कार्यकाल यस नगरमा विताई सक्नु भएको छ  ।

उहाँ यस नगरपालिकामा सबै अधिकृत भन्दा बढी कार्य काल बिताउने अधिकृतको रुपमा आफुलाई स्थापित गराउन सफल हुनु भएको छ ।

राजनितिक दबाबमा पर्दै आएका अन्य अधिकृतहरुको सरुवा राजनितिक विवादका कारण नै यस नगरपालिकाबाट सरुवा भएर जाने गर्थे भने तर दाहालले आफुलाई एक कुशल नेतृत्व र क्षमतावान नेतृत्व बनेर यस नगरको प्रशासनिक कार्य देखि विकासको कार्यमा अघि बढिरहेका देखिन्छ ।

अन्य अधिकृत भन्दा फरक शैलिबाट कार्य गर्दै आएका दाहालले यहाको राजनितिक वातावरणलाई समेत सन्तुलनमा राखेर अघि बढिरहेका छन जसले आज सम्म उनलाई यस नगरमा स्थापित गराईरहेको छ ।

जनप्रतिनिधि आए सगै नगरको विकास र योजनामा जनप्रतिनिधिको भुमिकालाई र एजेण्डालाई सफल बनाउन दाहाल आफै सकृय भएर लागेका छन ।

उनी आफू यस नगरमा आफ्नो कार्यकाल बिताईरहदा नगरलाई केही हद सम्म राम्रो एजेण्डा दिएर समृद्ध नगर बनाउने योजना.मा रहेको बताउछन्  ।

तपाईको प्रतिक्रिया