तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका-६ का ५० बर्षीय लिलम लम्जेल छथर गाउँपालिका- ५ को बाटोमा मृत फेला परेका छन् ।

मंगलवार घरबाट शुक्रवारे बजार तर्फ हिडेका लम्जेल आज बिहान ८ बजे छथर गाउँपालिका-५ को सुदाप जाने बाटोमा मृत फेला परेका हुन् ।

शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर तर्फ हिडेका लम्जेल बाटोमा नै सुतेको र चिसोका कारण मृत्यु भएको हुन सक्ने स्थानीयवासीहरुले बताएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया