इटहरी । इटहरीमा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । इटहरी इटहरी १९ की ४७ बर्षिय तारा राई दाहालको मृत्यु भएको हो । आफ्नै आगनमा रहेको आँपको रुपमा रहेको सुकेको दाउरा निकाल्ने क्रममा भुईमा बज्रारिएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

आगनको छेउमा भएको आपँको बोटबाट लड्दा उनी शक्त घाईते भएकी थिईन । उपचारको क्रममा विराटनसिंङ होममा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । पुस २ गते तारा आफ्नै घरमा लडेको स्थानीयहरुले बताएका छन । उनको दाहासस्कार समेत भएको आफन्तहरुले जनाएका छन ।

तपाईको प्रतिक्रिया