सुनसरी / सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादबिबाद भई कुटपिट समेत हुँदा श्रीमती घाईते भएकी थिईन ।

घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले श्रीमती हत्यामा संग्लग्न रहेका राईलाई पक्राउ गरेको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया