उदयपुर / उदयपुरमा एक ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गर्ने त्रियुगा नगरपालिका ९ गैरुनका २१ वर्षिय उमेश सदालाई विहिबार पक्राउ परेको छ ।

विशेष सुराकीको आधारमा फरार प्रतिवादी सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए । उनका अनुसार २०७६ साउन ८ गते स्थानीय एक ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी सदालाई पक्राउ गरेको बताए । पक्राउ परेको प्रतिवादीलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया