इटहरी । मनभरी सपना बुनेर आफ्ना जहान परिवारलाई सुखी राख्नका लागी २० बर्ष पहिले बिदेसिका लक्ष्मी कुमार गुरुङको सपना चकनाचुर भएको छ । मोरङ सुन्दरहरैचा १० विराटचौकका लक्ष्मीकुमारको श्रीमती गंगामाया गुरुङले आफ्नो श्रीमानले कमाएको करौडौ रुपैयाँ लिएर भागे पछि अहिले विरत्तीएका छन ।

२० वर्ष पहिले साउदी अरब पुगेका लक्ष्मी बिदेशको भुमीमा ज्यानलाई मारी मार्दै आफ्ना जहान परिवारका लागी दिनरात नभनी पसिना चुहाएर श्रीमती र छोराहरुलाई सुखमा नै राख्दै आएका लक्ष्मीले अहिले बेहोसी जस्तै भएका छन । विदेशमा दुखले कमाएको रकम अहिले श्रीमतीले लिएर गए पछि उनी प्रशासन गुहार्ने थालेका छन ।

विदेशमा हुदा अहिले सम्म ७ करोड जति कमाए । कमाएको सारा सम्पती कुम्याएर अहिले बेपत्ता भएकी गंगाले बिदेशबाट पठाएको रकम र सुन लिएर हिडेको भन्दै अहिले इलाका प्रहरी कार्यलय बेलबारीमा उजुरी हालेका छन । विर्तामोडमा ८ बर्ष अगाडी १५ लाखमा किनेको जग्गा अहिले अर्को श्रीमान खडा गरेर विचेर हिडे पछि लक्ष्मीको अहिले कन्तविजोक भएको छ ।

सुन्दरहरैचा वडानम्बर १० मा डेढ तले घर र दुई कठ्ठा जग्गा छ । त्यो पनि श्रीमतीकै नाममा छ उनले दुखेसो गरे । २० बर्ष ४ महिना कमाएको सबै पैसाको हिसाव उनी सँगै थियो । म सँग अहिले पैसा पनि छैन आँखा भरी आसु झार्दै भने । मेरो दाँत खुस्की सक्यो म विदेश कसरी जाउँ उनले प्रश्न गरे । मलाई मेरो श्रीमतीले किन विदेश जा भनिन उनी एकछिन घोत्लिए ।

यता इलाका प्रहरी कार्यलय बेलबारी महिला सेलकी मोना विष्टले लक्ष्मीले श्रीमती हराएको भन्दै खोजी पाउ भनेर उजुरी परेको बताईन । हुलिया सहितको उजुरी इलाका प्रहरी कार्यलय बेलबारीमा परेको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । उजुरी परेको आधारमा उनीहरुलाई खोजि गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

मलाई श्रीमतीले माया गरिनन् पैसालाई माया गर्दिरहेछिन । अहिले बुढेसकालमा न परिवार भयो न पैसा उनी भन्छन् । अहिले मलाई सबै नम्बरमा ब्लक समेत गरेका छन । महिला अधिकारसँगै पुरुषहरुको अधिकारको लागी न्यायिक कानुनको अभाब खड्एिको देखिएको छ अहिले महिला द्धारा पुरुष पिडित भएको प्राय दैनिक घटनाहरु घटि रहेका छन तर पनि महिला अधिकारका नभएको महिला अधिकारकर्मीहरुले भन्ने गरेको पाईन्छ ।

तपाईको प्रतिक्रिया