रूपन्देही /रूपन्देही मा घुससहीत सशस्त्र प्रहरीका इन्सपेक्टर र सहायक हवल्दार पक्राउ परेका छन् । गैडहवा गाउँपालिका विष्णुपुरास्थित शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुस रकमसहित बिहीबार पक्राउ परेका हुन् ।

घरयासी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै उनीहरूलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुस सहित रंगे हात आयोगको बुटवलको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई नियन्त्रणमा लिएर बुटवलमा राखिएको छ अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल काठमाडौं शुक्रबार पठाइने श्रोतले जनायएको छ ।

तपाईको प्रतिक्रिया