इटहरी । बिहीबार राति इटहरीको हटिया लाईनमा भएको आगलागीमा १७ लाख बढिको क्षति भएको प्रहरीले जनाएको छ ।

इटहरी ६ मा रहेको सम्पद चौधरीको घरमा भएको आगलागीबाट २ वटा पसल जलेर नस्ट भएको इलका प्रहरी कार्यालय इटहरीको संचार विभागले जनाएको छ । आगो राति ४ वटा दमकलले नियन्त्रणमा लिएको थियो ।

दुहवी, सुन्दहरैचा, इटहरी र इनरुवाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगोलागी बिद्युत सर्ट भएर भएको हो । यद्यपी थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया