काठमाडौं / उपसभामुख शिवमाया तुम्बाहाम्फेले शुक्रबार राजीनामा दिने हुनुभएको छ । बिहीबार दिने भनिएको राजीनामा शुक्रबारकालागि सरेको हो । संसद सचिवालयले आगामी पुस १४ गते सभामुख निर्वाचनकालागि तालिका बनाइसकेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख लिन उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो।

सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुखबाट तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पद रिक्त हुनेछन्। दुवै पद खाली हुँदा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरेर निर्वाचन प्रक्रिया सुरु गर्नेछन्।

तपाईको प्रतिक्रिया