इनरुवा, ११ पुष । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु गरिएको छ ।  उनी बिरुद्ध  अदालती प्रकृया सुरु भएपछी उनका केही समर्थकले अदालत अगाडी बिरोध प्रदर्शन गरेर अदालती काममा बाधा पुर्याउने कोशिस गरिरहेका छन् ।

आफ्नै एक भक्तलाई बलात्कार गरेका आरोप लागेका गिरीको सुनसरी जिल्ला अदालत इनरुवामा थुनछेकका लागि न्यायाधीशहरु बीचमा गोला हानिएपछि गिरी उपरको अदालती प्रकृया सुरु गरिएको हो ।

एम्बुलेन्समा राखी अदालतमा उपस्थित गराइएकोको गिरीको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको बेन्चमा परेको छ ।

कृष्णदासको अब अदालतमा बयान प्रक्रिया सुरु हुने र बयान सकिएपछि थुनछेकको प्रकृया अघि बढ्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया