पाँचथर / पाँचथरमा घाँस काटने क्रममा लडदा एक जनाको मृत्यु भएकाे छ । पाँचथरकाे तुम्वेवा गाँउपालिका-५ निगाले बस्ने ७५ बर्षीय अटलसिंह राईको लडेर मृत्यु भएको हाे ।

शुक्रवार दिउँसो साँढे ४ बजे आफ्नै बारीमा घाँस काटने क्रममा कान्लाबाट अन्दाजी १० फिट तल लड्दा राईको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया