दुहबी /शुनशरीको दुहबि नगरपालिकालाइ एक नम्वर प्रदेशकै नमूना नगर बनाउँने नगर प्रमुख बेदनारायण गच्छदारले उदघोष गरे लगतै स्वास्थ्य क्षेत्रलाइ प्रमुख प्राथमिकतामा राखिएको छ । यसैबिच मंगलवार दुहबी नगरपालिकाको सभाहलमा मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयकालागि मोवाइल स्वास्थ्य कार्यक्रम गरिनुकासाथै ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत समापन भएको थियो ।

गर्भवती मातृ तथा बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत मोर्वाल एप्स मार्फत डिजिटल प्रविधिबाट गर्भवती महिलाहरुको तथ्यांक र सुत्केरी महिलाहरुको तथ्यांक राखेर बाल मृत्यू दर र अपाङगताको दर कसरी घटाउने भन्ने उदेश्यकासाथ दुहबीका १०३ स्वंयसेविकाहरु, ६ ओटा स्वास्थ्य चौकीका इञ्चार्ज र नगर स्वास्थ्य प्रमुखलाइ मोवाइल बितरण गरिएको थियो । समापनको अवसरमा दुहबी नगर प्रमुख गच्छदारले सुरक्षित मातृत्व र बच्चाकालागि स्वंयसेविकाहरु र स्वास्थ्य चौकीका इञ्चार्जहरुलाई मोवाइल एप्लीकेशन एपबाट १ हजार दिन सम्म नगरपालिकाको निगरानीमा राख्न निर्देशन दिनु भएएको थियो ।

एउटा सानो रिपोटले जिवन समाप्त हुँने हुँदा स्वस्थ्य आमा र स्वस्थ्य बच्चाकालागि स्वंयसेविकाहरु समुहमा गइ आफ्नै आँखा अगाडी सेवाग्राहीसँगै बसेर प्रत्यक्ष निगरानी राख्नुपर्नेमा मेयर गच्छदारले जोड दिनु भयो। स्वास्थ्यको क्षेत्रमा नमूना नगरको रुपमा स्थापित गर्न नगरप्रमुखको उदेश्यले आफ्नो सक्दो सहयोग रहँने बताउँनुहुँदै मेयर गच्छदारले दुहबीका १० वर्षदेखि १९ वर्ष सम्मका छात्राहरुलाइ पोष्टिक आहारको परिपूर्ति गर्नकालागि आइरन चक्की बाढ्न समेत सुरु गरेको बताउँनुभयो ।

कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आन्नदराज पोखरेलले स्वास्थ्य क्षेत्र संवेदनशिल भएकोले होसयारीकासाथ स्वास्थ्यकर्मीहरुले काम गर्नुपर्नेमा जोड दिनु भएको थियो । थियो ।

तपाईको प्रतिक्रिया