काठमाडौं महानगरपालिका १ हात्तीसारस्थित फोकस डान्सबारमा लुटपाट गर्ने ४ जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ।

उनीहरुले भारत उत्तराखण्ड घर भएका गणेश सिंह बगडवालसहित ७ जनाको साथबाछ करिब ९० हजार रुपैयाँ लुटपाट गरेका थिए

पक्राउ पर्नेहरुमा सोही डान्सबारमा काम गर्ने ललितपुर भैंसेपाटी डेरा गरी बस्ने नुवाकोट त्रिशुली घर भएका २४ वर्षीय सनिगरु आचार्य, गोरखा घर भएका १९ वर्षीय सनिल मगराती, गोरखा घर भएका ३१ वर्षीय शिव थापा र मोरङ घर भएका १९ वर्षीय अभिषेक राई छन्।

महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त डान्सबारको काउन्टरबाट १ लाख ५८ हजार ८ सय ३० भारतीय रुपैयाँ र २६ हजार ९ सय २० नेपाली रुपैयाँ समेत प्रहरीले अनुसन्धानका लागि बरामद गरेको छ।

तपाईको प्रतिक्रिया