सुनसरी । सुनसरीको धरान–१३ स्थित जिरोपोइन्ट माथि मंगलबार मध्यराती एक युवती घाइते अवस्थामा भेटिएकी छिन् । चोटपटक लागेको,लगाएको कपडा च्यातिएको अवस्थामा प्रहरीले टाटा पेट्रोल पम्प माथि राती १ः३० बजे एक्लै फेला परेको थियो । इलाका प्रहरी कार्यालय धरानका अनुसार उक्त युवती विराटनगर नोवल मेडिकल कलेजमा स्टाप नर्सको कक्षा सकेर घर फर्कदै थिइन । उनी साँझमा विराटनगरबाट इटहरीसम्म आएकी थिइन

तरहरा जाने गाडी नपाएर बसेकी थिइन । एउटा म्याजिक भ्यान जस्तो गाडी आए पछि उनी लिफ्ट मागेर घर तर्फ लागेको तर तरहरा आइपुग्न लाग्दा गाडीमा रहेका एक जना युवकले शरिरमा के सुघाइ दिएको र आफु बहोस भएको उनले प्रहरीलाई बयान दिएकी छन् । एक जना महिलासहित भएको गाडीले धरान ल्याइ पुर्याएको थियो । जिरोपोइन्ट माथि जंगलमा ल्याएर यौन दुव्यवहार गर्न खोजेको र आफु भागेर बचेको उनले बताएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

उनी नर्सको पोशाकमा थिइन । उनको सेतो कोट हराएको छ । लगाएको कपडा पनि च्यातिएको छ । शरिरको विभिन्न भागमा चोट देखिएको छ । उनलाई उपचारको लागि राती नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विधान प्रतिष्ठान भर्ना गरि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । घटना संकास्पद भएको इन्स्पेक्टर ओलीले जानकारी दिए । अपहरण गरेर ल्याउने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । साँझै यस्तो घट्नाले हिडडुल गर्न असुरक्षा बढेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया