इटहरी । इटहरीका पुराना पत्रकार याम प्रधानको निधन भएको छ । लामो समय देखि दुबै मृगौला फेल भएर उपचार गदै आएका प्रधानको आफ्नै निवासमा आज विहान ३ बजे निधन भएको हो ।

उहाँ नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी समेत रहनु भएकाे थियाे । पत्रकारितामा सक्रिय प्रधानलाई पछिल्लाे समय दुबै मृगौला फेल भएकाे कारण उहाँलाइ नियमित मृगौला डाईलेसिस गराउँदै अाइराखिएकाे थियो । उहाँकाे बिहान ९ बजे इटहरी स्थित बुढि जमुना मुक्ति घाटमा अन्तेष्टि गरीने परिवार श्राेतले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया