alt

महोत्तरीकाे जलेश्वर नगरपालिका-५ विसनपुरका एक किशोरमाथि गोली प्रहार गरी गम्भीर घाइते बनाइएको छ। स्थानीय अस्पतालले उपचार असम्भव भन्दै ती घाइतेलाई काठमाडाैं पठाएकाे छ।

१४ वर्षीय अक्षय कापरलाई पिकनिक मनाउन गएको बेला त्यहि ठाउँका अन्दाजी ४० वर्षीय विनय सिंहले गोलि हानी भागेको घाइते किशोरका परिवार सदस्यहरुले बताएका छन्। भारतसँगको सीमा छेउमैं साँझ ६ बजेको समयमा घट्ना भएको बताइएको छ।

‘घट्नालगत्तै विनय सिंहको परिवारको एक सदस्यलाई नियन्त्रणमा लिइएको छ। फरार सिंहको खोजी जारी छ,’ प्रहरी उपरिक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए।

गोलिबाट गम्भीर घाइतेलाई उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएकोमा अस्पतालले यहाँ उपचार सम्भव नभएको भन्दै काठमाडौं रेफर गरेकाे छ।

स्थानीय अस्पतालले काठमाडाैं पठाएपछि राती नै एम्बुलेन्सबाट राजधानीतर्फ लगिएकाे छ।

तपाईको प्रतिक्रिया