काठमान्डौ ,चार वर्षअघि भारतीय सेनामा भ’र्ना भएका गोरखाका अर्जुन थापामगर एक महिनाको छु’ट्टीपछि पुस ५ गते का’र्यक्षेत्रमा फ’र्किएका थिए । ६ महिनाअघि मात्र अर्जुन वैवाहिक जीवनमा बाँ’धिएका थिए ।तनहुँ दुले गौँडा अर्जुनको ससुराली हो ।गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पढेका हुन् । त्यसपछि ११÷१२ पढ्न अर्जुन द्र’व्य साह कलेजमा भ’र्ना भएका थिए ।अर्जुनका मामा सुजीत थापा भन्छन्, ‘भान्जा ६ महिनाअघि मात्र नेपाल आएर विवाह गरेर फ’र्किएका थिए ।

११ पढ्दापढ्दै लाहुरे हुनुभएको हो । साह्रै मिलनसार हुनहुन्थ्यो ।’‘अर्जुन सानैदेखि मेलापात, गोठालो जाने काम गर्थे,’ मामा सुजीतले भने, ‘घरको एक्लो छोरा हुन् । आमा हुनुहुन्न,’ मामा सुजीतले कुराकानीमा भने, ‘बुबा, श्रीमती र दिदीबहिनी घरमा हुनुहुन्छ ।अर्जुनको नि’धनले परिवार बि’चल्लीमा परेको छ ।’बुढा बुबालाई अर्जुनले फोनमा बा’रम्बार ‘अब धेरै दुःख गर्ने होइन । अब त म पनि राम्रै ठाउँमा जागिरे भएको छु । हजुरलाई अब सुखको साथ पा’ल्नेछु,’ भनेका थिए ।मङ्गलबार मात्रै श्रीमतीसँग फोन भएको थियो ।

भर्खरै विवाह गरेका अर्जुनले मङ्गलबार पनि श्रीमतीसँग अनलाइनमा कुराकानी गरेका थिए । श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गो’ली च’लेको हो ।कुराकानीको क्र’ममा अर्जुनले ‘गो’ली च’ल्यो फोन रा’ख–राख’ श्रीमतीलाई भनेका थिए । मामा सुजीतले भने, ‘पछि एकैछिनमा फोन गर्दा फोन अ’फ भएको रे ।’अर्जुनको ज्या’न गएको खबरले यतिबेला सि’ङ्गो गाउँ नै शो’कमा डु’बेको छ ।

तपाईको प्रतिक्रिया