विराटनगर / निर्वाचन क्षेत्र र स्थानीय तहमा मोरङ कांग्रेसको नेतृत्व समायोजन भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार समायोजन कार्य गत पुस २ गते शुरु भएको थियो । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले संविधान सभा निर्वाचन ताका रहेका ९ लाई ६ वटा क्षेत्रमा समायोजन गरिएको छ ।

यस्तै १७ स्थानीय तहमा नेतृत्व समायोजन भएको उनले बताए ।

संघीय निर्वाचन क्षेत्रको सभापतिमा निर्वाचन क्षेत्र १ मा खड्ग फागो, २ मा नागेश्वर प्रसाद सिंह, ३ मा गणेश खड्का, ४ मा विनोद बस्नेत, ५ मा दीलिप पोखरेल र ६ मा निरञ्जन रिजाल चयन भएका छन् ।

सत्र स्थानीय तहमा सभापति र सह–सभापति चयन गरिएको पार्टी सचिव घिमिरेले बताए ।

स्थानीय तहको अन्तर्गत १७ जना सभापति चयन भएका छन् भने कपितय तहमा पाँच जनासम्म सह–सभापति छानिए ।

कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले समायोजनपछि पार्टीको जीवन थप चलायमान हुने बताए ।

समायोजनको विराटनगर महानगरको भेलामा पूर्वसभामुख तथा केन्द्रीय सदस्य तारानाथ रानाभाट आएका थिए ।

यस्तै सुनवर्षी र रतुवामाईमा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल पुगेका थिए ।

ग्रामथानमा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश आचार्य सहभागी भए ।

तपाईको प्रतिक्रिया