महालेखापरिक्षकको टोलीलाई कार्यालयमा आएर लेखा परीक्षण गर्न आग्रह गर्दा जनशक्ती अभाव देखाउँदै  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको   लेखा  परीक्षण नगरी फर्किएपछि अहिले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सर्वत्र आलोचना भएको छ ।

आर्थिक वर्ष २०७५र०७६ को संघ, प्रदेश र स्थानीय तह, संगठित संस्था तथा समितिको लेखा परिक्षणका लागि खोटाङमा आएका टोली दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फर्किएका  दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए  ।  लेखा परीक्षण गर्न बाँकी छ भन्ने थाहा पाएर पनि लेखा टोली परीक्षण नगरी फकिएपछि बुधबार गाउँपालिकामा पत्रकार सम्मेलन गरी अध्यक्ष राईले पारदर्शीता कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा पाएको महालेखाले लेखापरीक्षण नगरेर संघीयता र जनभावना विपरितको काम गरेको भन्दै महालेखाको कार्यशैलीमाथि र जिम्मेवारी माथि प्रश्न उठाएका छन् । लेखापरीक्षण गर्न महालेखापरिक्षकको टोलीले बोलाएको ठाउँमा दिप्रुङ चुईचुम्मा गाउँपालिका नगएको तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कार्यालयमा बोलाउँदा महालेखापरिक्षकको टोली नगएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखापरिक्षण छुटेको हो ।

महालेखापरिक्षकको टोलीले गाउँपालिकालाई गाउँपालिका बाहिर श्रेता बोकेर लेखा परिक्षण गर्न बोलाएको अध्यक्ष राईले बताए । तर श्रेता बोकेर जादाँ गाउँपालिका को सुरक्षा व्यवस्था र योजनाको स्थलगत मुल्याङ्कन नहुने हुदाँ लेखा परीक्षकले बोलाएको ठाउँमा नगएकोले लेखा परीक्षण छुटेको गुनासो गरेका छन् । समयको अभाव देखाएको महालेखापरिक्षले माथि सोधेर निर्णय लिने कुरा गरेको परीक्षक टोली परीक्षण गर्न भने फर्किएर नआएको अध्यक्ष राईले बताएका छन् । ४६ दिन सम्म खोटाङमा बसेर पनि दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लेखा परिक्षण नगरी  महालेखा परिक्षकको टोली पुस ७ गते काठ्माण्डौं फर्किए ।

तपाईको प्रतिक्रिया