काठमाडौँ / हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा कान्तिलोकपथमा शनिबार एकाबिहानै एकजना अर्धनग्न अवस्थाको शव देखियो । स्थानीयहरुले शब देखेपछि प्रहरीलाई खबर गरे ।

प्रहरीले उक्त स्थानमा घ’टनाको अवस्था बुझेपछि उक्त शब तेश्रोलिङ्गी अजिता भुजेलको रहेको पहिचान गर्यो । हेटौँडा ११ कि भुजेल केहिवर्षदेखि तेश्रोलिङ्गीको अधिकारको लागि विभिन्न सामजिक सस्थामा आवद्ध रहेकी उनको हत्यालाई आंशकाको रुपमा हेरिएको छ ।

क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा शव भेटिएको थियो । निलहिरा समाजमा समेत आबद्ध रहेर अभियानमा संलग्न रहेकी उनको हत्याको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको अनुसन्धानमा संलग्न प्रहरीको भनाई रहेको छ ।उनको शबको प्रकृति हेर्दा घाँटीमा तार या डोरीले कसेको जस्तो देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया