नेपाल सरकारले भम्रण वर्ष २०२० को घोषण गरे सगैं नेपालका विभिन्न पर्यटकिय धार्मीक स्थलहरुको पनि प्रचार प्रसार सुरु गरिएको छ ।

ऐतिहासिक धार्मीक महत्व बोकेको स्थलहरुको प्रचार प्रसार गरिए पनि छुट्टै महत्व बोकेको पर्यटन सम्भावित रामधुनी मन्दिरको भन्ने प्रचार प्रसारमा कुनै पनि निकायको ध्यान जान सकेको छैन । द्धापर युगमा भगवान रामले वनबास बस्ने क्रममा सुनसरीको रामधुनीमा धुनि बालेर बसेको विश्वास रहेको छ । धार्मीक ऐतिहासिक महत्व बोकेको यस क्षेत्रमा रामले धुनि बालेर बसेको हुनाले यस क्षेत्रको नाम रामधुनि भनी नामाकरण भएको विश्वाश रहेको छ ।

सरकारले भ्रमण वर्षको घोषणा त ग¥यो तर प्रचार प्रसारको कमीको कारण यस क्षेत्र ओझेलमा पर्ने हो कि भन्ने स्थानीयको भनाई छ । बाला चर्तुदशी, रामनवमी, चैते दशैको लगायतमा धेरै भिड हुने यस मन्दिमा अन्य समयमा भने सुनसान रहने पुजारी श्री काशी दास महाराजले बताए । भम्रण वर्षको सुरुवाग गरे पनि यस क्षेत्रको लागि भने प्रदेश सरकार, स्थानीय सरकारले पनि प्रचार प्रसारमा चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ । जसले गर्दा पर्यटक नेपाल मा भित्रिन त सक्छन् तर धार्मीक महत्व बोकेको धार्मीक पयटकीय सम्भावनाको क्षेत्रको पहिचान नहुने प्रचुर सम्भावना देखिने चिन्ता बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया