प्रदेश नंः १ को शारिरीक शूगठन समितिको गरिमामय पद वरिष्ठ उपाध्यक्षमा वुढिगंगाको टंकिसिन्वारीमा रहेको   New shape Gym and fitness world  का सञ्चालक प्रभाकर राना मगर चयन हुनु भएको छ ।

मोरङ जिल्लाको सितोरियो कराते सघंको सह -सचिव तथा सितोरियो करातेका  राष्टिय तथा अन्तराष्टिय खेलाडि साथै राष्टिय निर्णयक समेत  रहेका  प्रभाकर राना मगरले  प्रदेश नंः १ को शारिरीक शूगठन समितिको वरिष्ठ उपाध्यक्ष पदको पनि जिम्मेवारी पाएका छन् ।

केन्द्रिय उपाध्यक्ष रणबहादुर थेबे र केन्द्रिय सदस्य दिपेन चौधरीको  संयोजकत्वमा  बुधबार प्रदेश नंः १  का विभिन्न जिल्लाहरुबाट उपस्थित प्रतिनिधिहरु भेला भई ११ सदस्य शारिरीक शू- संगठन  समिति गठन गरेको नवनिवार्चित समितिका वरिष्ठ उपाध्यक्ष प्रभाकर राना मगरले जानकारी गराए ।

मोरङ जिल्लाको बिराटनगरको रोडसेष चौक स्थित इनर्जी जिम भवनमा सम्पन्न उक्त भेलाले अध्यक्षमा केशव श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा प्रभाकर राना मगर, उपाध्यक्षमा राजेश गिरी, सचिवमा दिनेश सिंगक, सह—सचिवमा संगिता लिम्बु, कोषाध्यक्षमा सुरज मिश्र, सह -कोषाध्यक्षमा साक्षी न्यौपाने त्यसै गरी सदस्यमा शम्भु प्रधान, कुमार ढकाल , सागर डंगोल र भोग्रेन्द्र भट्टराई चयन गरिएको छ ।

,

तपाईको प्रतिक्रिया