इटहरी । सुनसरीको तित्रृबनामा बस र हाईस गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । घट्ना स्थालमा ३ जनाको मृत्यु भयो भने उपचारको क्रममा एक जना गरी जम्मा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाईते भएका छन ।

इटहरीबाट इनरुवा तिर जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो । हाईसका यात्रु धेरैको मुत्यु भएको प्रहरीले जनाएको छ । हाईस गाडी कच्याककुच्युक अवस्थामा छ ।

दुर्घटनामा मृत्यु हुनेमा काठमाण्डौका हेमराज कोईराला,हाइस चालक दिपक खड्काको मृत्यु भएको हो । बाँकी २ जनाको भने नाम थर खुल्न नसकेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलयका असई ज्ञानु देउजाले बताए । घाईते मध्येको इनरुवा अस्पतालमा ४ जना एपेक्स अस्पतालमा २ जना र धरानमा उपचार भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया