कोरोना भाइरसको कारण ३ सय ६१ जनाको मृत्यु भएको छ ।

चीनमा कोरोना भाइरसको कारण एकै दिन ७५ जनाको मृत्यु भएको छ ।

सोमबार(आज) बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीमा उल्लेख छ ।

चीन बाहिर आइतबार फिलिपिन्समा पनि १ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो ।

चीनमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार बढी पुगेको छ ।

चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको छ ।

तपाईको प्रतिक्रिया