काठमाडौ । नेपाली काँग्रेसले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर भएपछि प्रश्न उठाएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साझ ट्वीट गर्दै नितिगत निर्णय गर्ने र सिरानीमुनि लालपुर्जा राख्नेलाई उन्मुक्ती दिएको भन्दै प्रश्न उठाएका हुन् ।

उनले लेखेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा । मुद्दा कसलाई ? बिजय गच्छदारलाई ?’

शर्माले ट्विटमा प्रसिद्ध लेखक जर्ज अरवेलको चर्चित पुस्तक ‘एनिमल फार्म’ को भनाई उद्धृत अगाडि लेखेको छन्, ‘एनिमल फार्म मा जर्ज अर्बेल भन्छन– सबै जनवारहरु समान हुन्छन् । तर, केही जनवारहरु बढी समान हुन्छन् ।’ ०६६मा माधव नेपालको नेतृत्वको सरकारले प्रधानमन्त्री निवास विस्तार गर्न मन्त्रिपरिषद्‍मा ७ बुँदे प्रस्ताव गएको थियो।

तत्कालीन भौतिक योजना तथा निर्माण सचिव दीप बस्न्यातले प्रस्ताव अघि बढाएकमा थिए भने भौतिक योजना तथा निर्माण मन्त्री थिए गच्छदारले स्वीकृति दिएर मन्त्रीपरिषद्मा पूर्याएका थिए।

सोही प्रस्तावका आधारमा टेकेर मोही नै नभएका १२ जना मोही कायम भएर उनीहरूले १३ रोपनी बढी सरकारी जग्गा पाएका थिए। ललिता निवास जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने क्रममा नेकपाका महासचिव विष्णु पौडेल पनि विवादमा मुझिएका थिए ।

ललिता निवासको जग्गा उनका छोराको नाममा दर्ता भएको भेटिएपछि उनी विवादमा परेका थिए । शर्माले नेपाल र पौडेललाई उन्मुक्ति दिएको भन्दै प्रश्न उठाएको हुन् ।

तपाईको प्रतिक्रिया