इलाका प्रहरी कार्यलय इटहरीले चोरी तथा हराएको मोवाइल फेला पारी सम्वन्धित धनीलाई बुझाएको आज प्रेश विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।

वैशाख महिना देखि हराएका तथा चोरी भएको मोवाइलहरुको खोजतलासको लागि निवेदन परेकोमा ४७ लाख ५२ हजार ८ सय ९० मुल्य बराबरको विभिन्न व्राण्डका १९५ थान मोवाइलहरु खोजतलास गर्ने क्रममा फेला पारी सम्बन्धित धनीलाई बुझाई सकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसै गरी आज नै ३६ थान मोवाइल सम्बन्धित धनीलाई बुझाइएको पनि बताइएको छ । जसको बजार मुल्य ८ लाख ३३ हजार ६ सय तीस रहेको समेत उल्लेख गरिएको छ । खोजतलास तथा अनुसन्धानको क्रममा मोवाइल सेट चोरी गर्ने १० जनालाई चोरी गरिएको मोवाइल सेट सहित पक्राउ गरिएकोले उनीहरुलाई मुद्दा चलाइएको बताइएके छ । विज्ञप्ती अनुसार हाल सम्म इलाका प्रहरी कार्यलय इटहरीले २३१ थान मोवाइल सेट फेला पारी सम्बन्धित धनी लाई बुझाएको छ, जसको बजार मुल्य ५५ लाख ८६ हजार ५ सय २० रहेको छ । त्यसै गरी आज नै २३५ लिटर अबैध घरेलु मदिरा नष्ट गरिएको पनि जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया