काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस प्रकोपका कारण १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । प्रकोपले ६ हप्ता पार गरिसक्दा विश्व स्वास्थ्य संगठनले यस संक्रमणलाई नयाँ नाम दिएको छ ।

विश्व स्वास्थ्य संगठनका निर्देशक डाक्टर टेडरोस घेब्रेयेसुसले मंगलबार जेनेभामा आयोजित एक कोरोना भाइरसलाई नयाँ नाम ‘कोभिड–१९’ नाम दिएका हुन्। यसको पूरा नाम भने ‘कोरोना भाइरस डिजिस-०१९’ हो। उनका अनुसार यो नामले कोरोना रोग २०१९ लाई प्रतिनिधित्व गर्छ।

टेडरोसले कुनै जनावर, स्थान र मानिसको सन्दर्भ नराखी यस्तो नाम दिएका हुन्। कोरोना भाइरसका कारण संसारभर ४३ हजारभन्दा बढी मानिसहरु संक्रमित छन् भने१ हजार १८ जना मानिसको मृत्युभइसकेको छ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया