सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तीमा कोरोना भाइर’ससँग ल’क्षण मिल्ने शं’कास्पद रो’गको लक्षण देखिएकाे छ । गाउँपालिकाले साेमबार सूचना जारी गर्दै संक्र’मणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ ।

अत्यन्त जरुरी भनिएको पत्रमा लेखिएको छ, ‘विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइर’सको लक्ष’णसँग मिल्ने रु’घाखोकी र अत्या’धिक ज्वो’रोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।’

अहिले जिल्ला जनस्वास्थ्य, जिल्ला अस्पताल तथा गाउँपालिकाको टोली भाइर’ल प्रभावित गाउँ गुम्बा जाँदै छ 

जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार गुम्बामा तीन दिनदेखि उक्त संक्र’मण फैलिएको छ । सुरुमा स्कुले बालबालिकामा देखिएको संक्र’मण अहिले गाउँका २०१ जनामा फैलिएको छ ।

उपाध्यक्ष तामाङले भनिन, वडाले जानकारी गराउने वित्तिकै हामीले यहाँबाट औषधिसहित स्वास्थ्यकर्मीकाे टाेली पठायौं । वडाकै स्वास्थ्य इकाइ तथा पालिकाबाट गएको टोलीको सहयोगमा बिरामीलाई औषधि खुवाएपछि बिरामीलाई अलि कम भएको जानकारी पाएका छौं ।’ तामाङका अनुसार अहिले जिल्ला जनस्वास्थ्य, जिल्ला अस्पताल तथा गाउँपालिकाको टोली भा’इरल प्रभावित गाउँ गुम्बा जाँदै छ ।

तपाईको प्रतिक्रिया