इटहरी / इटहरीको तरहरा सडक खण्ड हलगडामा यातायात कार्यालय अगाडी बुधबार बिहान भएको बस दुर्घटनामा ८ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।।

काठमाण्डौबाट खादबारी तर्फ जादै गरेको बा ४ ख ५७८९ न को बस अनियन्त्रित भई कोशी राजमार्गमा पल्टिदा संखुवासभा चौवाबेसी गापा २ बस्ने रबि सेन्चुरी र खादबारी ९ बस्ने पुर्णबहादुर कुमालसंखुवासभाकै मकालु गापा ६ बस्ने जगदिश राई, तेह्रथुम आमफुङ गापा ८ बस्ने थमन लिम्बु, धरान १० बस्ने बिनिता सुब्बा ,खादबारी नपा ६ बस्ने सुरज राई र धरान १० बस्ने बिष्णु लिम्बु घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको धरानस्थित बीपी प्रतिष्ठानमा र बिराट नर्सीङहोममा उपचार भैरहेको जनाएको छ ।


















