काठमाडौं / सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बा गाउँमा देखिएको रुघा, खोकीलगायतको भाइरल रोगको परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सो गाउँमा स्वास्थ्यकर्मी खटाइएको जानकारी दिए। उनले हालसम्म सो भाइरल कोरोना भाइरस भए नभएको यकिन हुन नसकेको बताए।

उनले त्यहाँ रहेका स्वास्थ्यकर्मीले विरामीको उपचार गरिरहेको र कोरोना भए नभएको पुष्टि गर्न परीक्षण गरिने बताए।

जुगल गाउँपालिकाका अध्यक्ष हेमनारायण श्रेष्ठले गाउँमा कोरोनाको लक्षणसँग मिल्दो जुल्दो लक्षण भएका विरामी २०० भन्दा धेरै रहेको भन्दै सरोकारवाला निकायसँग सहयोग मागेका थिए।

यसपछि जिल्ला प्रशासन कार्यालयमा बुधबार बैठक बसेको थियो। बैठकपछि जिल्ला प्रशान कार्यालयले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका विरामीलाई प्रत्येक्ष निगरानीमा राखेर उपचार गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया