हातबाट पुष्पगुच्छा पाउनुभयो र सलाम ग्रहण गर्नुभयो । तर प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले सलाम ठोक्दा र पुष्पगुच्छा दिँदा भने धेरैका नजर टक्क अडिए । त्यो सलाम लिने र दिनेको अनुहारमा गर्वको भाव देखियो ।
कारण थियो दुई भाइको संयोग ।

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवाली सहोदर दाजुभाइ पर्नुहुन्छ । ४ भाइमध्ये महानिरीक्षक अर्थात आईजीपी ठाकुर ज्ञवाली माइला हुनुहुन्छ भने वरिष्ठ उपरीक्षक श्याम ज्ञवाली कान्छा हुनुहुन्छ ।

प्यूठानको पहिलेको बाँदिकोट गाविस वडा नम्बर ९ र हालको झिम्रुक गाउँपालिका वडा नम्बर १ मा जन्मिएका सहोदर दुई भाइबीचको त्यो दृष्य साँच्चिकै लोभलाग्दो थियो ।

एउटै आमाको कोखबाट जन्मिएका माइला छोरा ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक बन्नुभएको छ भने कान्छा छोरा श्याम ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी हुनुहुन्छ ।

महानिरीक्षक दाइलाई एसएपी भाइले सलाम ठोक्दा कस्तो लाग्यो त ?

एसएसपी श्याम ज्ञवालीले भन्नुभयो, ‘त्यो बेला म निशब्द थिएँ, खुसीले मेरा आँखा रसाएका थिए, आफ्नै दाजुलाई सेल्युट गर्न पाउँदा म कति गौरवान्वित भए हुँला आफै अनुमान गर्नुहोस ।’

आफुलाई हरेक समय रेखदेख गरेर अभिभावकको भूमिका खेल्ने दाइ नेपाल प्रहरीको सबैभन्दा उच्च पदमा पुग्दा खुसीको सीमा नरहेको ज्ञवालीको भनाइ छ ।

‘मलाई सँगै हिडाएको, सँगै पठाएको, हरेक पल मेरो ख्याल राखेको दाजु आज त्यो पदमा पुग्नुभएको छ, म सँग खुसी व्यक्त गर्न कुनै शब्द छैनन्’, एसएसपी श्याम ज्ञवालीले भन्नुभयो ।

२०४७ सालमा माइला दाई ठाकुर ज्ञवालीले प्रहरी निरिक्षकमा नाम निकालेर सुरक्षा सेवामा प्रवेश गर्नुभयो । ठाकुरले श्यामलाई तिमि पनि प्रहरी बन्नुपर्छ त भन्नुभएको थिएन । तर दाईले देशप्रती गरेको सेवा, प्रहरी पेशाको इज्जत र शान देखेर श्याम ज्ञवालीलाई पनि प्रहरी सेवामा प्रवेश गर्न मन लाग्यो । २०५१ सालमा श्याम ज्ञवालीले प्रहरी निरिक्षकमा नाम निकाल्नुभयो ।ु।

श्याम ज्ञवाली सेवा प्रवेशको १२ बर्षपछि २०६३ सालमा प्रहरी नायव उपरिक्षकमा बढुवा हुनुभएको थियो । २०७१ सालमा प्रहरी उपरिक्षक र २०७५ सालमा उहाँ प्रहरी बरिष्ठ उपरिक्षकमा बढुवा हुनुभएको छ ।

दाइ पूर्व हुँदा भाई पश्चिम पुग्नुपर्ने, भाइ पूर्व पुग्दा दाई पश्चिम जानुपर्ने । सेवाको आइजिपी ठाकुर ज्ञवाली एसएसपी श्याम ज्ञवालीविच १२ वर्षसम्म एउटै कार्यथलोमा काम गर्ने अवसर मिलेन ।

तर ठाकुर ज्ञवाली एसपी र श्याम ज्ञवाली डिएसपी भएको बेला उहाँहरुले एउटै विभागमा रहेर काम गर्न पाउनुभयो ।

‘म डीएसपी र दाइ एसपी भएको बेला हामीले प्रहरी प्रधान कार्यालय अन्तर्गत रहने मानव स्रोत विकास विभागमा सँगै काम गर्‍यौँ, त्यतिबेला दाइबाट झनै धेरै सिक्ने मौका पाएँ,’ श्याम ज्ञवाली भन्नुहुन्छ ।

ड्यटीको सिलसिलामा दाइभाइबीचको सम्बन्ध नै नरहेजस्तो गरेर काम हुने र ड्युटी सकिएको या अनौपचारिक भेटमा मात्रै दाइभाइबीचको जस्तो सम्बन्ध रहने गरेको ज्ञवाली बताउनुहुन्छ ।

‘औपचारिक कार्यक्रम र ड्युटीको बेला हामी दाइभाइ हो भन्ने कुरा भुल्नुपर्छ र भुल्ने गरेका छौँ, अनौपचारिक अवस्थामा मात्रै घरयासी व्यवहार र कुराकानी हुन्छ’, ज्ञवाली भन्नुहुन्छ

तपाईको प्रतिक्रिया