विराटनगरमा अयोजना गरिने विराट एक्स्पो २०७६ को तयारी पुरा भएको छ । कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आगामी २ फागुन देखि १० फागुनसम्म आयोजना गरिने ‘विराट एक्स्पो २०७६’ को तयारी पूरा भएको हो ।

उद्योग संगठन मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी ३४० वटा स्टल रहने मेलाको सबै तयारी पुरा भएको बताएको छ ।

‘आर्थिक विकासको मूल आधार, उद्योग, पर्यटन, कृषि र व्यापार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने पुलको काम गर्ने विराट एक्स्पो २०७६ का संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

दुलालका अनुसार एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन पोखराको पाँउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, बरमझियाको पेडा, सुपारीको टपरी, इलामको ललिपप तेह्रथुम र संखुवासभाको अल्लो, किवीलगायतका कृषि उत्पादनहरु रहने छ ।

एक्स्पोमा हेलिकेप्टरबाट विराटनगर र पाथीभारा मन्दीरको अवलोकन गराइने छ । एक्स्पोले हात्ती सवारीको पनि व्यवस्था गरिएकाे छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे स्थानीयदेखि अन्तरराष्ट्रिय स्तरसम्म व्यापारलाई जोड्ने र प्रदेश–१ मा लगानीको वातावरण सृजना एक्स्पोले महत्वपुर्ण भुमिका रहने बताए ।

एक्स्पोले बजारको पहिचान, पर्यटन प्रवद्र्धन, प्रविधि पहिचान, उत्पादकबीच स्वस्थ प्रतिस्पर्धा र लगानीमैत्री वातावरण निर्माण गर्ने बताए ।

एक्स्पोमा औद्योगिक उत्पादनसहित कृषि, जडीबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्ट्स, हस्तकलाका सामग्री, विद्युतीय, घरायसी सामग्री, गार्मेन्ट, खाद्य स्वास्थ्य, शिक्षा एवं बैंक तथा वित्तीय क्षेत्रका ३४० स्टल रहनेछन् ।

९ दिनसम्म चल्ने एक्स्पोमा १ अर्बको कारोबार अनुमान गरिएको छ ।

एक्स्पोमा भारत, बंगलादेश, श्रीलंका पाकिस्तान र भुटानका औद्योगिक उत्पादन रहनेछ । नौं दिनसम्म ३ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ ।

एक्स्पोको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्नेछन् ।

तपाईको प्रतिक्रिया