कोरोना भा’इरस संक्र’मणको आशंकामा टेकु अस्पताल पुगेका एक बिरामी भागेका छन् ।स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार उनी साउदी अरबका नागरिक हुन् । चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालमा जाँच गर्न पुगेका थिए ।

सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशं’का भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागे’का हुन् । ‘उनको कोरोना परीक्षण गर्न बाँकी थियो, अहिले खोजी भइरहेको छ’ प्रवक्ता श्रेष्ठले भने, ‘भाषाको समस्या भएकाले उनलाई नियन्त्रणमा राख्न सकिएन ।’

अस्पतालबाट कोरोना आशंका गरिएका बिरामी भाग्नु नेपालको लागि नौलो भने होइन ।करिब २ हप्ताअघि सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा एउटा खबर फैलियो, ‘पोखरा आएका २ चिनियाँ नागरिकलाई कोरोना भएको आशंका, मणिपाल अस्पताल रेफर …।’

त्यो खबर सार्वजानिक भएसँगै विश्व स्वास्थ्य संगठनले चासो दियो । तर, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि मणिपाल अस्पताल गएर सोध्दा जवाफ पाए, ‘उनीहरुको यहाँ कुनै पनि स्वास्थ्य परीक्षण भएन, कहाँ गए थाहा छैन ।’

ती दुई चिनियाँ त्यहाँबाट बेप’त्ता भएपछि संगठनले खोजी गर्‍यो । तर अहिलेसम्म उनीहरू सम्पर्कमा आएका छैनन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सम्पर्कमा नभए पनि उनीहरूलाई कोरोना भा’इरस नभएको बताएको छ । तर, उनीहरु कुनै पनि परीक्षण नगरीकन त्यतिकै फर्किएकाले कोरोना थियो या थिएन भन्ने यतिकै भन्न सकिने अवस्था छैन ।

तपाईको प्रतिक्रिया