रासी । मानिसलाई ना’ङ्गै दे*खाउने क्यामरा भन्दै किनबेच गर्न लागेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले चार जनालाई प’क्राउ गरेको छ ।सदरमुकाम परासीको पाल्ही बहुमुखी क्याम्पस नजिक १० लाखमा मो*लतोल भइरहेको अवस्थामा मंगलबार उनीहरुलाई प्रहरीले पक्रा’उ गरेको हो ।

पक्रा’उ पर्नेमा मकवानपुर थाहा नगरपालिका–१२ का देवराज घले, पश्चिम नवलपरासी रामग्राम नगरपालिका–६ का रविन्द्र रौनियार, पश्चिम नवलपरासी सुनवल नगरपालिका–९ का गिरीधारी लोहार र काठमाण्डौं टोखा नगरपालिका–६ का शिवकुमार पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताए ।

क्यामरा बिक्री गर्नेमा नवलपरासीका रौनीयार र लोहार हुन् । क्यामरा किनबेचका लागि सम्पर्क गराउने घले रहेको प्रहरीले जनाएको छ । क्यामरा खरिद गर्नेमा टोखाका पाण्डे रहेको डिएसपी थापाले बताए ।घलेले तीन जनालाई भेट गराएको डिएसपी थापाले बताए । ‘१० लाखमा किनबेचको कुरा भएपनि ८ लाखमा बा’र्केनिङ्ग भइरहेको रहेछ । सोही समयमा सुरा*की आएपछि उनीहरुलाई प’क्राउ गरिएको हो ’थापाले भने ।

किनबेच भएको भए क्यामरा देखाएर अरु थुप्रै व्यक्ति पनि ठ’गिन सक्थे समयमा सूचना आएर उनीहरु पक्रा’उ

थापाका अनुसार बिक्री गर्न आएकामध्ये रविन्द्र रौनीयारले भारतबाट ५० हजार भारुमा क्यामरा खरिद गरेको बताएका छन् । डेढ सय वर्ष पुरानो क्यामराले कपडा लगाएको मान्छेलाई ना’ङ्गै दे*खाउने भन्दै बिक्री गर्न लागेका थिए ।

सामान्य ड’ब्बा आकारमा क्यामराको पुरानो लेन्स जोडिएको छ ।भित्री भागको चारै तिर पावर सिसा राखिएको छ ।अरु भाग खाली छ ।डब्बाको माथिल्लो भागमा तामा जस्तो धातुमा ‘ इष्ट इण्डिया कम्पनी, मोडल नं. ७५० र १८१८ एडी लेखिएको छ । सवारी चालक घलेबाहेक तीनै जना जग्गाको कारोबार गर्ने व्यक्ति रहेको डिएसपी थापाले बताए ।

तीनै जना व्यापारी रहेछन् ।जे मा भएपनि नाफा कमाउने उद्देश्य भएकाले उनीहरुले उक्त काम गरेको देखियो ।’ थापाले भने, किनबेच भएको भए क्यामरा देखाएर अरु थुप्रै व्यक्ति पनि ठ’गिन सक्थे

तपाईको प्रतिक्रिया