एमसिसीको व्याख्यात्मक टिप्पणीमा अमेरिकाको ‘ग्रिन सिग्नल’
नेपालको मन्त्रिपरिषद र संसदले पारित गर्न लागेको अमेरिकी सहयोग परियोजना एमसिसी र यसको व्याख्यात्मक टिप्पणीमा अमेरिकाले पनि ‘ग्रिन सिग्नल’ दिएको छ।
व्याख्यात्मक टिप्पणीको मस्यौदा शनिबार अनौपचारिक रूपमा काठमाडौंस्थित राजदूतावासमार्फत् अमेरिकालाई पठाइएको थियो।
दूतावासले हिजो नै उक्त मस्यौदा वासिङ्टन डिसी पठाएको थियो। मस्यौदा पाएपछि अमेरिकीहरूले आज बिहान सात बजेसम्ममा खबर गर्ने बताएका थिए।
केह...











