प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक १५ गतेसम्मका लागि स्थगित भएको लोकतान्त्रिक समाजवादीका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।
बैठक आइतबार दिउँसो १ बजे बस्ने सूचना आफूहरुले पाएको उनले बताए । बैठक बिहीबार पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
आजको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो । सत्तारुढ दलमा नै एमसीसीका विषयमा विमति रहँदै आएको छ । एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादु्र देउवाले प्रतिपक्षी नेकपा एमालेसँग पनि छलफल थालेका छन् ।


















