मोरङ्ग स्थित बुढीगंगा गाँउपालिकाले किसानहरूलाई कुटी काट्ने मेसिन वितरण गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा बुढीगंगा वडा नं ४ मा रहेको हरियाली गाईपालन समितीमा आवद्द किसानहरू लाई मेसिन प्रदान गरिएको हो । समितीमा आवद्द १०० किसान मध्य पहिलो चरणमा १४ जना किसानलाई उक्त मेसिन हस्तानतरण गरिएको बुढीगंगा गाँउपालिका का अध्यक्ष बालचन्द्र माझीले बताए । कार्यक्रममा बोल्दै माझीले हाल १४ जनाले मेसिन पाएता पनि गाँउपालिकाले सकेसम्म समितीमा आवद्द सबै किसानहरू लाई मेसिन सहयोग गर्न आफु प्रयासरत रहेको बताए ।

कार्यक्रममा बुढीगंगा गाँउपालिकाको अध्यक्ष बालचन्द्र माझी र उपाध्यक्ष अमृता कुमारी गच्छदारले मेसिन किसानलाई हस्तानतरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता हरियाली गाईपालन समितीको अध्यक्ष डिल्लीराम भट्टराईले गरेका थिए ।

तपाईको प्रतिक्रिया