बेलबारी । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै क्षेत्रमा उम्मेदवार सार्बजनिक गरेको छ । क्षेत्र नम्बर १ बाट खड्ग फागोलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेस मोरङले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको नामावलीअनुसार जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि फागोसँगै मोरङ २ बाट डा. मिनेन्द्र रिजाल, मोरङ ३ बाट डा. सुनिल शर्मा,मोरङ ४ बाट गुरुराज घिमिरे, मोरङ ५ बाट फुलकुमार लालवनी र मोरङ ६ बाट डा. शेखर कोइरालाको नाम समावेश गरिएको छ।
















