बिर्तामोड । प्रहरीले नक्कली सुनको गहना भन्दै ठगेर हिँड्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगडी-३ का ४३ वर्षीय जीतबहादुर विक रहेका छन् ।
विकले माघ १५ गते भद्रपुर-५ भद्रपुर बजारमा रहेको भोजपुर ज्वेर्समा सुनजस्तो देखिने पहेँलो धातु (नक्कली सुन) धरौटी राख्न खोज्दा सुन पसलेले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।वडा प्रहरी कार्यालय भद्रपुरले विकलाई पक्राउ गरेको हो । उनलाई मुलुकी अपराधसंहिता २०७४ को ठगी कसुरमा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा विकले यसअघि बिर्तामोड क्षेत्र लगायत सुन पसलहरुमा सक्कली गहना भन्दै आफूलाई अभर परेकाले बन्दगी राखेर पैसा माग्ने गरेका थिए ।
















